नुवाकोटको तादीमा कांग्रेसलाई पछि पार्दै माओवादीको अग्रता

लोकपथ
18.2k
Shares

काठमाडौं । नुवाकोटको तादी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । अहिलेसम्मकाे मतगणना अनुसार माओवादीका किरणकुमार रिजालले ४ सय ३२ मत ल्याएका छन् ।

साथै उपाध्यक्षमा पनि माओवादी केन्द्रले नै अग्रता लिएको छ । माओवादीकी सन्जु प्याकुरेलले पनि ४ सय ३२ मतसहित अग्रता लिएका हुन् ।

यस गाउँपालिकामा कांग्रेसका सन्तमान तामाङले ३ सय ८१ मतसहित दोस्रो र एमालेका विजयकुमार खनाल ३ सय २० मतसहित तेस्रो स्थानमा छन् । कांग्रेस र एमालेका उपाध्यक्ष उम्मेदवारहरू ईश्वरी उप्रेती र अस्मिता तामाङले पनि क्रमशः ३ सय ८१ र ३ सय २० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?