झापाको कनकाईमा बागी उम्मेदवार थापाकाे अग्रता

लोकपथ
2.3k
Shares

झापा । झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले सुरुवाती अग्रता लिएका छन् । ३ सय मत गणना हुँदासम्म स्वतन्त्र उम्मेदवार थापाले एक सय ४१ मत प्राप्त गरेका छन् ।

मेयर पदका अर्का उम्मेदवार एमालेका राजेन्द्रप्रसाद पोखरेलले ७७, कांग्रेसका रुद्रप्रसाद चिमरियाले २८ र राप्रपाका श्यामसुन्दर ओलीले ९ मत पाएका छन् ।

कांग्रेस नेता थापाले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?