काठमाडौं महानगरपालिका : ६० वटा मतपेटिकाहरु बुझ्न बाँकी

लोकपथ
336
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा यतीबेला सबैको नजर छ । ३६३ मतदान केन्द्र रहेको काठमाडौं महानगरपालिकाको सबै मतदान केन्द्रबाट मतदान कार्य सम्पन्न भइ मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छ।

मतपेटिकाहरु साढे ५ लेखि बुझने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवडाले जानकारी दिए । ६० वटा मतपेटिकाहरु बुझ्न बाँकी रहेको छ । कर्मचारीहरुले मतपेटिकाहरु बुझ्नेक्रम जारी रहेको छ ।

सबै मतपेटिका बुझिसकेपछि दलका उम्मेदवारसँग बसेर छलफल भएपछि बाँकी प्रक्रियाको निश्चित हुने उनले जानकारी दिए । सर्वदलीय बैठक पछिमात्रै मतगणना हुने वा नहुने भन्ने विषयको टुंगो लाग्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?