मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना सुरू भइसकेकाे छ । वडा नम्बर १ को मत गणना सकिँदा एमालेका पालिका अध्यक्ष उम्मेदवार सञ्जयकुमार थकालीले अग्रता लिएका छन् । उनले १४९ मत ल्याएका छन् । यस्तै कांग्रेसका अध्यक्ष उम्मेदवार मोहनसिंह लालचनले ४५ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकी मिमिकुमार शेरचनले ७२, कांग्रेसकी जमुना थापा मगरले ५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीले जानकारी दिए ।
सो वडामा नेपाली कांग्रेसका आशबहादुर थकाली र वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका परजिब थकाली निर्विरोध निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया