बुटवल । बुटवल उपमहानगरपालिकाकाे मतगणना अबकाे केहिबेरमा सुरु हुने भएको छ । मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र अब सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।
मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेका छन् । बुटवलमा कुल ९० हजार ४०४ मतदाता रहेकामा ६२ हजार १०१ मत खसेको छ ।
बुटवलको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया