दाङको तुलसीपुर उपमहानगरमा जेठ ३ गते मतगणना हुने

लोकपथ
371
Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गते मात्रै हुने भएको छ । उपमहानगरको वडा नम्बर १७ को मतदान नभएकाले जेठ ३ गते मात्रै मतदान हुने भएको हो।

तुलसीपुर उपमहानगर वडा नम्बर १७ नेकपा एमालेका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान स्थागित भएको थियो। सोही वडा अध्यक्षमा लबरु चौधरीका छोरा प्रदीप चौधरी उम्मेदवार हुने निधो भएपछि जेठ ३ गते मतदान हुने भएको छ ।

जेठ ३ गतेको मतदान सकिएपछि मात्रै उपमहानगरको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?