गुल्मीमा ६२ दशमलव ५५ प्रतिशत मत खस्यो

लोकपथ
105
Shares

गुल्मी । स्थानीय तहको निर्वाचनमा गुल्मीमा ६२ दशमलव ५५ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ ।

१२ स्थानीय तहको ९३ वटा वडामा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन सुरु भएकाृ छ । मतपेटिका संकलन हुनासाथ स्थानीय तहको राजनीतिक दलको सर्वपक्षीय सहमति अनुसार मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधिका लागि एक हजार २४३ जना चुनावी मैदानमा छन् । निर्वाचनको लागि जिल्लामा दुई लाख २४ हजार २७६ जना मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?