तनहुँ । तनहुँको आँबुखैरेनीमा मतपेटिका ल्याउने क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बिच झडप भएकाे छ । आँबुखैरेनी गाउँपालिका १ स्थित मित्रता मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बिच झडप भएको हाे् ।
मतदान सकेर सिल गरि मतगणना स्थलतर्फ मतपेटिका ल्याउने क्रममा साँझ करिब सवा ६ बजेतिर दुई पक्षबिच मतदान केन्द्रभन्दा बाहिर झडप भएको हो।
झडपकाे क्रममा प्रहरीमाथि ढुङ्गामुढा हुन थालेपछि मतपेटिका सुरक्षाका लागि प्रहरीले ५ राउण्ड हवाईफायर गरेकाे थियाे । प्रहरीका अनुसार झडपमा परि ८ जना स्थानीय घाईते भएका छन् भने १ जना म्यादी प्रहरी पनि सामान्य घाईते भएका छन्।
यद्यपी दुई पक्ष बिच झडप भएपनि प्रहरीले मतपेटिका सुरक्षित साथ मतगणनास्थलमा ल्याईसकेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया