मनाङमा ६३ प्रतिशत मत खस्यो

लोकपथ
84
Shares

लमजुङ । हिमालपारीको जिल्ला मनाङमा ६३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुुल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत पुनराम खनालका अनुसार चार वटा गाउँपालिकामा राति ९ बजेसम्म सबै बुथबाट मतपत्र आइपुगेपछि मतगणना सुरु गर्ने कार्यतालिका छ ।

खनालले मनाङको विकटमा रहेको नार्पाभूमी गाउँपालिकाको केन्द्रमा मतपत्र आइपुग्न पाँच घण्टा लाग्ने बताए । मनाङको सदरमुकाम चामेमा रहेको चामे गाउँपालिकामा कुुल ७ सय ११ मतदाता रहेकोमा ६ सय १० (८६) प्रतिशत मत खसेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा ३ हजार ५ सय ३५ मतदाता रहेकोमा १ हजार ६ सय ५७ अर्थात् ४७ प्रतिशत मत खसेको छ ।

यस्तै मनाङको नासों गाउँपालिकामा कुुल मतदाता १ हजार ८ सय २ रहेकोमा १ हजार ४ सय ९६ अर्थात् ८३ प्रतिशत मत खसेको छ । मनाङको विकट नार्पाभूमी गाउँपालिकामा सबैभन्दा कम ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात् खसेको मतको ६८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?