बिस्कुटको भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी

लोकपथ
161
Shares

मुगु । मुगुमा सुरक्षाकर्मी भोकभोकै निर्वाचनमा खटिनु परेको छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रको घेरामा रहेका नेपाल प्रहरी बिस्कुटको भरमा खटिरहेका छन् ।

छायाँनाथ रारा नगरपालिका-५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक पाकेट बिस्कुटको भरमा निर्वाचनमा खटिनु परेको वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन् ।

‘बिहानै आएर खटिरहेका छौँ, अहिलेसम्म खाना खान पाइएको छैन । एक पाकेट बिस्कुट खाएर भए पनि निर्वाचन मा खटिरहेका छौँ,’उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?