तारकेश्वर नगरपालिकामा यस्तो देखियो चुनावी रौनक

लोकपथ
2.5k
Shares

काठमाडौं । देशमा संघीयता कार्यन्वयनमा आएपछि आज देशैभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचनको मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाता नामावलीमा नाम भएकाहरु आफ्नो मतदान केन्द्रमा गएर मत हाल्दै छन् ।

काठमाडौंको तार्केश्वर नगरपालिकाको वाड नम्बर ३ को मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति छ । ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामीलाई लाइन नबसिकन मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामी पनि मतदानमा उत्साहजनक रुपमा सहभागी भएर मतदान गरिरहेका छन् । लौरो, ह्विलचियर र आफन्तको सहयोग लिएर उनीहरू आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।

हेर्नुहोस् तस्बिर : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?