काठमाडौं । स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयनका लागि आज देशभर निर्वाच भइरहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ । यस पटक बढीमा ६ दिनभित्र निर्वाचन परिणाम आउने गरी मतगणनाको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
यस पटक मतदाता नामावलीमा समावेश भएका तर परिचयपत्र नभएकालाइ पनि परिचय खुल्ने कागजपत्रको आधारमा मतदान गर्न दिने व्यवस्था मिलाइएको छ । मदिरा सेवन गरेर मतदान गर्न गएमा भने प्रवेश पाउने छैनन् ।
सरकारले अति संवेदनशिल स्थानमा हवाई गस्तीको व्यस्था गरेको छ । साथै देशको कुनै पनि मतदानस्थलमा आधा घण्टाभित्र पुग्न सक्ने गरी हेलीकोप्टरलाई ‘स्ट्याण्डबाइ’ अवस्थामा राखेको छ ।
यस पटकको स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सहभागी हुँदै छन् । जसमा ८९ लाख ९२ हजार १० जना पुरुष छन् भने ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेका छन् । लैंगिक अल्पसंख्यक मतदाता भने १ सय ८३ जना मात्र रहेका छन् ।
निर्वाचनको लागि देशभर १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र रहेको छ । सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा २ हजार १ सय ६३ रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ९ सय ७ मात्र मतदान केन्द्र रहेको छ ।
प्रदेश अनुसार मतदाता संख्या
प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन् । पुरुष १६ लाख ९९ हजार ८०० जना छन् भने १६ लाख ४७ हजार ५६१ महिला रहेका छन् । लैंगिक अल्पसंख्यक मतदाता २३ जना छन् ।
मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता छन् । पुरुष १७ लाख ९७ हजार ९४५ छन् भने १५ लाख ३३ हजार १५८ महिला छन् । लैंगिक अल्पपसंख्यक ६७ जना मतदाता रहेका छन् ।
बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ जना मतदाता छन् । १७ लाख ४ हजार ८९८ पुरुष छन् भने महिलाको संख्या १७ लाख ७ हजार ९४२ रहेको छ । लैंगिक अल्पसंख्यक मतदाता २९ रहेका छन् ।
गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ जना मतदाता छन् । जसमा ८ लाख ६४ हजार ४५२ पुरूष र ९ लाख २४ हजार ९४८ जना महिला मतदाता रहेका छन् । ११ जना लैंगिक अल्पसंख्यक मतदाता पनि छन् ।
लुम्बिनी प्रदेशमा कुल ३२ लाख १९ हजार ४५७ जना मतदाता छन् । पुरूष मतदाता १६ लाख १८ हजार ७३ जना छन् भने महिला मतदाता १६ लाख १ हजार ३५३ जना छन् । साथै ३२ जना लैंगिक अल्पसंख्यक मतदाता पनि रहेका छन् ।
कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन् । पुरूष ५ लाख ६ हजार १८० जना र महिला ४ लाख ९५ हजार ९९ जना छन् । लैंगिक अल्पसंख्यक ३ जना मतदाता रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० जना मतदाता छन् । पुरूष मतदाता ८ लाख ६६२ र महिला मतदाता ८ लाख ३१ हजार ४७० जना रहेका छन् । लैंगिक अल्पसंख्यक मतदाता १८ जना छन् ।
देशभारका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २२१ पदको लागि अज निर्वाचन हुँदैछ । जसको लागि एक लाख ४५ अजार ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमध्ये ३९० उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । स्थानीय तह निर्वाचनकोमा भाग दिन दर्ता भएका ७९ दल मध्ये ६५ दलले मात्र उम्मेदवार चयन गरेको छ ।
मतदान स्थलको सुरक्षाको लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालित गरिएको छ । साथै निर्वाचन प्रकृयाको लागि तीन लाख कर्मचारीहरु खटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया