काठमाडौं महानगरका उम्मेदवारले कहाँ-कहाँबाट गर्दैछन् त मतदान ?

लोकपथ
3.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका लागि स्थापित ७:३० बजे मतदान स्थल पुग्ने तालिका रहेको छ । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने वडा नम्बर १६ बाट मतदान गर्नेछिन् । उनी ८ बजे मतदान स्थल पुग्नेछिन् ।

स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्नेछन् भने सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्नेछिन् ।

विवेकशील साझाबाट मेयरमा उम्मेदवारी दिएका समीक्षा बास्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्र र स्वतन्त्रबाट मेरयमै उम्मेदवारी दिएका बालेन साहले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण स्कुलकाे केन्द्रबाट मतदान गर्नेछन् । बालेन ११ बजे मतदा गर्न जाने तालिका रहेको छ ।

त्यसैगरी एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने छिन् भने गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ बाट मतदान गर्नेछन् ।

शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको लागि १ सय ५६ मतदान केन्द्र र ३ सय ६३ मतदानस्थल तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?