चर्चामा भरतपुर महानगरपालिकाको चुनाव

भरतपुर महानगरपालिकाको चुनावलाई स्थानीय तहको रुपमा मात्र हेर्दा पर्दा पछाडीका अरु आयामहरु छेकिन्छन् । भरतपुर महानगरको मेयर हुनु वा नहुनुले धेरै राजनीतिक दलको भविष्य निर्धारण गर्नेछ । भरतपुरमा सत्ता गठबन्धन र एमालेको मात्र लडाइँ होइन सत्ता गठबन्धनभित्रकै नेपाली कांग्रेसको अन्तद्र्वन्दको दिशा यो निर्वाचनले तय गर्नेछ ।

यी तीन राजनीतिक पार्टी मात्र होइन राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको राजनीतिक यात्रालाई पनि यही स्थानीय तहको निर्वाचनले दिशानिर्देश गर्नेछ । एमाले र कांग्रेसकै वरीपरी घुमेको भरतपुरको राजनीति २०७४ पछी बढी मात्रामा माओवादीको सेरोफेरोमा रहेको देखिन्छ । तथापी पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको राजनीतिक यात्रा पनि यही सेरोफेरोमै रहेको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीले २०४९, २०५४ र २०७४ मा भरतपुरको नेतृत्व आफनो हालमा लिइसकेको छ । त्यस समयका मेयरद्वय भीमबहादुर पीया र मुक्तिलाल चुके दिवंगत भइसके पनि उपमेयरहरु देवि ज्ञवाली र जगन्नाथ पौडेल राजनीतिमै छन् । उपमेयर भइसकेका जगन्नाथ पौडेल नेपाली कांग्रेसको शाख जोगाउन भन्दै स्वतन्त्र उम्मेदवार भएका छन् भने २०७४ को चुनावमा पराजय भोगेका देवी ज्ञावली यस पटक जसरी पनि एमालेलाई जिताउने अभियानमा छन् ।

भरतपुरमा माओवादी भन्दा निक्कै राम्रो स्थानमा रहेको नेपाली कांग्रेसले माओवादीलाई मेयर पदमा किन समर्थन गर्यो भन्ने विषय २०७४ मा एमाले र नेपाली कांग्रेसभित्रै निक्कै ठूलो बहसको विषय बन्यो । माओवादीसँग चुनावी तालमेल गरेर प्रमुख पद छाड्दा कांग्रेसमा चुलिएको असन्तोष अहिलेसम्म कायमै छ  । त्यस समयाको अवस्था फेरी अहिले पनि दोहोरीएको छ । तर, त्यस समयमा आवाज उठाएका पक्षले यस पटक भने पार्टीसँगै बिद्रोह गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र र गृहनगर भएकाले भरतपुर महानगरमा माओवादीको नेतृत्व चाहन्छन् । तर, भरतपुरका कांग्रेसीहरु भने भरतपुरमा आफ्नो अस्तित्व जोगाउन चाहन्छन् ।

सत्तारूढ गठबन्धनले प्रमुखमा माओवादीकी रेणु दाहाललाई उम्मेदवार बनाएपछि चितवन कांग्रेसभित्र असन्तुष्टि तीव्र छ  । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भरतपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो । तलमेल फेरि दोहोरिएको भए पनि अहिलेको अवस्था निकै फरक छ । यस पटक कांग्रेसलाई अझ भनौँ गठबन्धनाई टाउको दुखाई बनेको विषय हो जगन्नाथ पौडेलको बागी उम्मेदवारी । २०७४ के निर्वाचनमा पनि अवस्था यही थियो ।

माओवादीलाई मेयर दिँदा कांग्रेसका तर्फबाट प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा ठकुरीले मनोनयन दर्ता गरेर घोषणापत्रसहित प्रचारप्रसार सुरु गरेका थिए । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन चुनावी तालमेलको कुरा आएपछि कोइरालाले उम्मेदवारी फिर्ता नगर्दा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई पत्र पठाएर उम्मेदवारी फिर्ता गराएका थिए । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले नै भरतपुर आएर गठबन्धनका लागि मत मागेका थिए । रेनु दाहाल झिनो मतान्तरले विजयी भएकी थिइन् । मतगणना भइरहँदा माओवादी कार्यकर्ताले मतपत्रसमेत च्यातेका थिए ।

भरतपुरमा आफ्नो राजनीतिक प्रभाव जोगाइराख्न पनि प्रचण्ड माओवादीकै मेयर बनाउन चाहन्छन् । किनकी भरतपुरको चुनावी परिणामबाट उनको राजनिति प्रतिष्ठा मात्र होइन व्यतिगत नैतिकताको पनि मुल्यांकन हुने छ । पारिवारीक बिरासत थामिराखेकी प्रचण्डकी छोरी रेणु दाहाल दोस्रो पटक पनि मेयर बन्ने दाउँमा छिन उनलाई बुवाको मात्र होइन गठबन्धनको पनि साथ छ । तर चितवनमा माओवादीलाई सहयोग नगर्दा आगामी संघ र प्रदेश तहको निर्वाचनमा एमाले शक्तिशाली बन्न सक्ने चिन्तामा कांग्रेस रहेको छ । दुवै पक्षलाई आ-आफ्नो भविष्य रक्षा गर्नुछ भने उता एमाले २०७४ को बिर्सन लायक घटनालाई यसपटक उत्सवको रुपमा मनाउन चाहन्छ । एमालेले पनि राप्रपासँग तालमेल गरेको छ जुन अबको संघीय निर्वाचनमा प्रचण्डलाई हराउने एउटा कदमको रुपमा लिइन्छ ।

राानीतिक उतारचडाव र चुनावी माहोल हेर्ने हो भने यस पटकको स्थानीय तहको निर्वाचन भरतपुर नै केन्द्रित रहने छ । शक्ति, प्रतिष्ठा र अस्तित्वको लडाइँ भरतपुरमा देखिने प्रक्का छ ।

वि.सं २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायत मिलेर बनेको भरतपुर नगर पञ्चायत २०४८ सालमा भरतपुर नगरपालिका बनेको थियो । २०७१ मंसीर १६ गते मन्त्रिपरिषदको निर्णय अनुसार भरतपुर नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नती गरियो । २०७३ साल चैत्र २७ गते भरतपुर उप–महानगरपालिकामा नारायणी नगरपालिका , चित्रबन नगरपालिका र कविलास गा।बि।सलाई गाभेर भरतपुर महानगरपालिका बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?