स्थानीय तह निर्वाचनः बेलकोटगढीमा एक मतदान केन्द्र परिवर्तन

लोकपथ
147
Shares

नुवाकोट । बेलकोटगढी नगरपालिका ११ मा रहेको एक मतदान केन्द्र परिवर्तन गरिएको छ । मतदानस्थल साँघुरो भएपछि मतदान केन्द्र परिवर्तन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वाथ्य चौकीमा तोकिएको मतदानस्थल परिवर्तन गरी अहिले पञ्चकन्या माविमा राखिएको छ ।

त्यहाँ रहेको मतदानस्थल साँघुरो र सुरक्षा व्यवस्था मिलाउन कठिनाई भएपछि सार्नु परेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले बुधबार बोलाइएको सर्वदलीय बैठकमा जानकारी गराएका हुन् । कायम गरिएको मतदानस्थल स्वास्थ्य चौकीदेखि ५ सय मिटरमाथि रहेको छ ।

साथै निर्वाचन अधिकृतको कार्यालयले निष्पक्ष, धाँधलीरहित, भयरहित वातावरणमा निर्वाचन गर्न र आचारसंहिता पालना गरिदिन दलहरुलाई आग्रहसमेत गरेको छ । उक्त मतदानस्थलमा ३ वटा केन्द्र रहेकाे छ भने २ हजार ५ सय २६ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?