काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन जेठ ३ गतेका लागि सारिएको छ । उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचनका लागि सारिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली कांग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया