सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव

लोकपथ
104
Shares

काठमाडौं । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न सम्भव नहुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि सरकारलाई परिपत्र गरेको थियो । तर स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधाबढी स्थानीय तहमा सीसीटीभीबाट मतगणनाको निगरानी गर्न असम्भव देखिएको आयोगले जानकारी दिएको हो ।

आयोगका अनुसार सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भिडियो रेकर्ड गरिनेछ । करिब ३०० मतगणना स्थलमा मात्रै सीसीटीभी क्यामेरा हुने भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगले देशभर १० हजार ७ सय ५६ वटा मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन गरी निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिन्छ ।

दुर्गम स्थानका मतदानस्थलमा बिजुली, इन्टरनेटको सुविधा नभएका कारण सीसीटीभी क्यामेरा राख्न सम्भव नभएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?