वैदेशिक रोजगारीको कहर, पाँच वर्षमा पाँच हजारको मृत्यु

काठमाडौं । 

भन्थ्यौं आमा नेपालमा दुख छ, विदेशमा त पैसाको रुख छ ।
कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कयौ बाकसमा  ।।

‘परदेशी’ चलचित्रमा समेटिएको यो चर्चित गीतले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा दुख कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेकाहरुको दुखपीडा र बेदना यसरी पोखिएको छ– जुन दुखपीडा आमनेपालीको नियति जस्तै बनेको छ ।  

सामान्य घरखर्च चलाउनदेखि घरवार जोड्नसम्म विदेशकै सपना देख्ने मानसिकताका कारण वैदेशिक रोजगार चलचित्र परदेशीको गीतले भनेझैं– ‘जादा जहाजमा आउँदा बाकसमा’ जस्तै हुने गरेको छ । जीवनको उर्जाशील समय खाडी देशहरुको मरुभूमिमा बिताउनु रहर नभइ बाध्यता हो । 

यो बाध्यताले नेपाली युवालाई आर्थिक उपलब्धि भन्दा अकालमै मृत्युवरण गर्न बाध्य पारेको छ । सिपज्ञान र क्षमता अभिबृद्धि भन्दा अंगभंग र अपाङग बनाई पीडामाथि झन् पीडा थपिदिएको छ ।

विदेश भन्ने वित्तिकै पैसाको रुख नै हुन्छ भन्ने भ्रम, ज्ञानसीप तथा भाषाको अभाव चुनौतिपूर्ण बन्दै गएको वैदेशिक रोजगार विभागका निर्देशक उद्धब रिजाल बताउँछन् । 

यतिसम्मकी गाँउको भीरपाखो तथा खेतवारी धितोमा राखेर भएपनि पैसा कमाउन विदेश जाने सपना बुन्नु सामान्य भइसक्यो ।

यस्तै सपना बोकेर घरेलु कामदारको रुपमा लेवनान पुगेकी मकवानपुर हेटौडाकी ३८ वर्षीय भवानी श्रेष्ठ वर्षदिन नवित्दै  फर्किन बाध्य भइन । 

मालिकको यातना र कुटाईका कारण अपाङ्ग बन्न पुगेकी भवानीको बैदेशिक रोजगारीको कमाइ ‘ह्वीलचेयर’ नै हो । कम्मरमुनिको शरीर चल्न नसकेपछि नेपाल फर्काइएकी भवानीको साथमा नेपाल फर्किंदा अपाङ्ग शरीर र ह्वीलचेयर बाहेक अरु केही थिएन । 

मालिकको यातना र कुटाईका कारण अपाङ्ग बन्न पुगेकी भवानीको बैदेशिक रोजगारीको कमाइ ‘ह्वीलचेयर’ नै हो । कम्मरमुनिको शरीर चल्न नसकेपछि नेपाल फर्काइएकी भवानीको साथमा नेपाल फर्किदा अपाङ शरीर र ह्वीलचेयर वाहेक अरु केही थिएन । 

तीन सन्तानकी आमा भवानीको परिवारका लागि ‘के खाउँ के लाउँ’ भन्नुपर्ने अवस्था भने पक्कै थिएन–उनी भन्छन्, गाँउका दिदी वहिनी सबै लेवनान गएर राम्रो पैसा कमाइ गरेको देखँे, खेतवारीमा दुख गर्नु भन्दा त विदेशमै गएर राम्रो आम्दानी हुन्छ भन्ने लाग्यो । तर, वर्ष दिन नपुग्दै यस्तो भो । 

‘मेरो भाग्य नै यस्तो रछ, उनले भाग्यलाई दोषी देखाउँदै भनिन्– देखेको सपना र लेखेको सपना फरक भयो । अहिले उनको रेखदेख गर्न र ह्वलीचियर गुडाउन उल्टै सहयोगी चाहिएको छ ।कामदारको अभावमा आफ्नै खेतवारी बाँझो छ ।  

भवानीको भन्दा दयनीय पीडामा डुवेको छ, सप्तरी राजविराजका शम्भु दासको परिवार । स्थानीय साहुबाट मिटरब्याजमा पैसा झिकेर मलेसिया पठाएकी श्रीमती रविनाको मृत्यृपछि ऋणमाथि ऋण र पिडामाथि थप पिडा थपिएको छ ।  

वैदेशिक रोजगारमा गएको छ महिना नबित्दै उनको मेसिनमा लटपटिएर मृत्यु भएको थियो । रविनाका दुई सन्तान टुहुरो बनेका छन् । ‘आमा भगवानको घरमा’ गएको बताउने ती टुहुरा सन्तानलाई आमा मरेको खवर समेत सुनाइएको छैन । 

रविनाका दुई सन्तान टुहुरो बनेका छन् । ‘आमा भगवानको घरमा’ गएको बताउने ती टुहुरा सन्तानलाई आमा मरेको खवर समेत सुनाइएको छैन । 

परदेशी चलचित्रको गीतको शब्द– गयौं आमा चढेर जहाजमा, फर्कियांै बाकसमा भने झंै रविना पनि मलेसिया जाँदा जहाजमै गएकी थिइन, तर, फर्किंदा काठको बाकसमा फर्किन, उनको शव खर्चको अभावमा जन्म र कर्मघर नपु¥याइ पशुपति आर्यघाटमा नै अन्त्यष्टी गरिएको थियो । 

रविनामा श्रीमान शम्भु भन्छन्– मलाई त अझै पनि मेरो श्रीमती मलेसिया मा नै छ जस्तो लाग्छ । सपनामा पनि सधंै रोइ रहेको देख्छु । गहभरी आँशु पार्दै उनले भने– गाँउकै दलालले मलाई विपदमा पारे । दलालहरु कै फकाई फुलाईबाट प्रभावित शम्भुले लट्रम्भ पैसा कमाइ हुने लोभमा श्रीमतीलाई मलेसिया पठाएका थिए । 

करीव ५० लाख नेपाली वैदेशिक रोजगारमा गएको अनुमान

वैदेशिक रोजगारमा मासिक २३ देखि ४० हजारको हाराहारीमा नेपालीहरु वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ । एकवर्षमा सरदर चारलाख नेपाली युवा विदेशीने गर्छन ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार, विश्वभर बैध र अबैध गरी करिब ५० लाख नेपालीहरु श्रमिकको रुपमा कार्यरत रहेको देखिन्छ । 

राज्यले श्रमस्वीकृति दिएका ११० वाहेक १५३ देशमा नेपाली कामदार गएको पाइएको छ । आर्थिक वर्ष २०७२÷२०७३ को एक तथ्याङ्कले ४३ लाख ७८ हजार नेपाली युवाहरु वैधानिक बाटो अपनाएर विदेश गएको देखिन्छ । 

गत आर्थिक वर्षमा ८ सय २१ जनाको मृत्यु

वैदेशिक रोजगारको सिलसिलामा अकालमै मृत्युवरण गर्ने नेपालीहरुको संख्या आश्चार्यजनक ढंगले बढेको देखाएको छ ।

बैदेशीक रोजगार प्रवद्र्धन बोर्डका अनुसार, आर्थिक वर्ष २०७४÷२०७५ मा २१जना महिला सहित ८२१ जनाको मृत्यु भएको छ भने  आर्थिक वर्ष २०७३÷७४ मा ८ सय ४२ जनाको मृत्यु भएको थियो । त्यसैगरी, तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०÷७१ देखि २०७४÷७५ सम्ममा करिब वैदेशिक रोजगारका लागि गएका ५ हजार कामदारको मृत्यु भएको छ ।

देशका ७७ जिल्लाहरु मध्ये ७० जिल्लाको कोही न कोही व्यक्ति बैदेशीक रोजगारका क्रममा मृत्युवरण गर्न बाध्य छन् । 

वैदेशिक रोजगारीको सिलसिलामा मृत्युवरण गर्ने ८२१ जनाको परिवारलाई सरकारले क्षतिपूर्ति समेत उपलब्ध गराएको छ । मृतक मध्ये ६८६ जनाको शव काठमाडौंबाट जिल्लासम्म ढुवानीको समेत सरकारले ब्यवस्था गरेको बोर्डले जनाएको छ । 

मलेसिया नेपाली श्रमिकका लागि ‘डेथजोन’

मलेसियामा एकवर्षमा २८९ जना नेपाली कामदारको मृत्यु भएको छ । नेपाली कामदारहरुका लागि मलेसियालाई डेथ जोनकै रुपमा सावित भएको छ  ।

मलेसियापछि साउदी अरवमा धेरै नेपाली कामदारको मृत्यु हुने गरेको छ । वैदेशिक रोजगार प्रर्वद्धन वोर्डको तथ्याङक अनुसार, साउदी अरवमा २०३, कतारमा १२३, संयुक्त अरव इमिरेट्समा ९४, दक्षिण कोरिया २२, कुवेत २६ र बहराइनमा नौ जना नेपाली कामदारको मृत्यु भएको छ । 

३६१ जना अंगभंग-अपाङ्ग

वैदेशिक रोजगारको सिलसिलामा अंगभंग हुने र अपाङ्ग हुनेको समस्या पनि विकराल नै छ । भाषागत समस्या, सीपको अभाव, प्रविधिप्रति जानकार नहुँदा नेपाली श्रमिकहरु अंगभंग भइ अपाङग समेत हुने गरेका छन् । 

खाडी मुलुकको प्रचण्डगर्मी र खानपानका कारण विभिन्न रोग तथा तातो र चिसो मौसमको स–मिश्रणका कारण अक्सीजनको अभाव र संक्रमण रोगबाट समेत नेपाली श्रमिक अपाङग हुने र मर्ने गरेको छन् । 

नेपाली श्रमिक युवा अपाङग हुने गरेको विभिन्न मुलुकहरुमा पनि मलेसिया अगाडि नै देखिन्छ ।

आर्थिक वर्ष २०७४ ÷२०७५ मा मलेसियामा ११०, साउदीमा ८९, कतारमा ७०, अरव इमिरेट्समा ६२ र कुवेतमा १४ जना नेपाली कामदार अपाङग भएका छन् । ती मध्ये पाँचजना महिला छन् । 

विप्रेषणको लोभले ज्यान जोखिम

नेपाल सरकार अर्थ मन्त्रालयका अनुसार, बैदेशीक रोजगारीमा जाने कामदारहरुले पठाएको पारिश्रमिक ‘विप्रेषण’ ले कुल ग्राहस्र्था उत्पादनको २७.५ देखि २९ प्रतिशत ओगटेको छ । वार्षिक करीव ६९९ अर्ब बराबरको विप्रेषण नेपाल भित्रिने गर्छ । 

यसरी भित्रिएको विप्रेषण आयआर्जन कार्यमा भन्दा घर जग्गा खरिद विक्री र विलासिताका बस्तु खरिदमा बढी खर्च हुने गरेको छ ।

वार्षिक रुपमा आउने विप्रेषणको ५० प्रतिशत रकम बैदेशीक रोजगारका क्रममा समस्यामा परेकाहरुको घरपरिवार, पीडित ब्यक्ति तथा उनीहरुको पुनस्र्थापना, राहत। उपचार र उद्धारमा खर्च ह्ने गरेको पाइएको छ । 

११० देशका लागि ७५४ म्यानपावर कम्पनी

सरकारले बैदेशीक रोजगारका लागि विश्वका ११० देशका लागि खुला गरेको छ । ती देशका लागि आवश्यक दक्ष जनशक्ति पठाउन ७५४ वटा म्यानपवार कम्पनीलाई स्वीकृति दिएको छ ।

बैदेशीक रोजगारीका नाममा ठगी गर्ने, दलाली गर्ने, श्रमिकलाई दुख दिने ३८९ मयानपावर कम्पनी खारेजी गरिएको छ । 

त्यस्तैं, बैदेशीक रोजगार विभागले बैदेशीक रोजगारमा जानेहरुको सीप, ज्ञान तथा क्षमता विकासमा सहजता ल्याउन १५६ वटा कम्पनीलाई प्रशिक्षण तथा तालिम सञ्चालनको अनुमति दिएको छ ।

जापानमा जाने कामदारको भाषागत क्षमता विकास गर्न र दक्ष जनशक्ति उत्पादन गरी जापान पठाउन २५१ संस्थालाई जिट्को (जापान इन्टरनेसनल टे«डिङ को–अपरेटिभ अर्गनाइजेसन) ईजाजत प्रदान गरिएको छ । 

विदेश जानेको संख्या घट्दो गतिमा 

बैदेशीक रोजगारीको सिलसिलामा विदेश जानेको संख्या प्रत्येक वर्ष घटी रहेको छ । त्रिभुवन अन्तराष्ट्रिन विमानस्थलका अनुसार, प्रत्येक दिन नौसयभन्दा बढी युवा बैदेशीक रोजगारीको सिलसिलामा विदेशीने गर्छन । 

कहिले काही यो संख्या चारसयको हाराहारीमा पुग्छ । अन्यथा नौसयदेखि १५ सयजनासम्म दैनिक विमानस्थल प्रयोग गरी बैदेशीक रोजगारमा जाने गर्छन । अन्य अबैध मार्ग प्रयोग गरी विदेशीनेहरुको संख्या समेटिएको छैन । 

पिपुल्स फोरमका अनुसार, एक पटक विदेश गएर पुनःविदेश जानेहरुको संख्या घटेको हो । आर्थिक वर्ष २०७४÷०७५ मा विदेशबाट फर्केर आएकाहरु मध्ये पुन जानेको संख्या १० प्रतशतले घटेको छ । नेपाल फर्किएको तीनलाख जना मध्ये पुन श्रमस्वीकृति लिन आउनेहरुको संख्या १५ हजारले घटेको छ ।  

वैदेशिक रोजगारका नाममा विकृति र ठगी 

वैदेशिक राजगारप्रतिको नेपाली युवाको बढ्दो आकर्षणसंगै दलाल तथा एजेण्टहरुले ठगी गर्न थालेका छन् । एउटा देशको श्रमस्वीकृत गराएर अर्कै देश पु¥याइ दुख दिने र ठग्ने समस्या जटिल बन्दै गएको छ ।

महिलाहरुलाई मनोरञ्जनका नाममा अफ्रिकन तथा खाडीका यौन अखडामा विक्री गरी पैसा कमाउनेहरु मौलाउनु थालेका छन् । 

अबैध मार्ग प्रयोग गरी विकसित देशमा पठाइ दिने नाममा लाखौं रुपियाँ अशुल गरी बीचबाटोमा नै अलपत्र पारी वेपत्ता हुने अपराधीहरुको संगठित गिरोह नै रहेको पाइएको छ ।

त्यस्तै, अबैध मार्ग प्रयोग गरी विकसित देशमा पठाइ दिने नाममा लाखौं रुपियाँ अशुल गरी बीचबाटोमा नै अलपत्र पारी वेपत्ता हुने अपराधीहरुको संगठित गिरोह नै रहेको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, बैदेशीक रोजगारका नाममा यो आर्थिक वर्षमा २८४ वटा ठगीका निवेदन दर्ता भएका छन् ।

ती मध्ये ३८ जना विरुद्ध ठगी मुद्धा दर्ता गरी ४४ जनालाई पक्राउ गरी मुद्धा चलाइएको छ । ठगीबाट ३४७ जना पीडित भएका छन् । करीव ४४ करोडको ठगी भएको देखिन्छ । 
बैदेशीक रोजगारीमा जानेहरुले जान्नै पर्ने कुराहरु :

१. केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ । लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ। 

२. घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ । बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।

३. बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।

४. बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ । व्यवसायिक वा ख्ष्कष्त भिसामा जानु हुदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।

६. बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।

७. स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ । यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।

८.बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ । बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।

९. बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।  सरकारले निषेध गरेको देशमा र काममा जानु हुँदैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?