देशभर थपिए १५ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २४९ जना

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?