पछिल्लो २४ घण्टा थप २१ जनामा कोरोना संक्रमण, २७१ जनामा सक्रिय संक्रमित

लोकपथ
481
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दामा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २७१ जना आइसोलेसनमा रहेका छन् ।

आज कोरोनाका कारण कसैको पनि मृत्‍यु भएको छैन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?