काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका २,५९३ नयाँ संक्रमित भेटिएका छन् ।
आइतबार सार्वजनिक भएको आँकडामा पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ ।
शनिबार भारतमा कोरोनाका २,५२७ नयाँ संक्रमित भेटिएका थिए र ३३ जनाको मृत्यु भएको थियो ।
भारतमा यतिबेला कोरोनाका कुल संक्रमितको संख्या ४.३० करोडभन्दा बढी पुगेको छ भने कुल मृत्युको आँकडा ५.२२ लाखभन्दा बढी पुगीसकेको छ ।
यस्तै, दिल्लीमा शनिबार कोरोना संक्रमितका १,०४२ नयाँ संक्रमित भेटिएका थिए । दिल्लीमा कोरोना संक्रमित दर ४.८२ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया