काठमाडौं । पछिल्लो समय चीनमा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ ।
कोरोना संक्रमितहरुको विश्वव्यापी संख्या देखाउने वोल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ३ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै चीनमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ३ सय ५१ पुगेको छ ।
बितेको २४ घण्टामा चीनमा कोरोना संक्रमणका कारण ७ जनाले ज्यान गुमाएका छन्, भने हालसम्म चीनमा कोरोनाका कारण ४ हजार ६ सय ४८ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरी, १ हजार ९ सय १२ जना पछिल्लो २४ घण्टा कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै चीनमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ५३ हजार ३ सय १९ पुगेको छ ।
अहिले चीनमा सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ८४ जना रहेको छ भने जसमध्ये ७५ जना अवस्था गम्भीर रहेका छ ।
चीनमा अहिलेसम्म कुल १६ करोड बढीको कोरोना परीक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया