फिलिपिन्समा बाढी पहिरोमा परी ११० अझै बेपत्ता, अहिलेसम्म १६७ को मृत्यु

लोकपथ
56
Shares

फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको सङ्ख्या शनिबारसम्म १६७ पुगेको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन् । उनीहरूको तिव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।

ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयम्‌सेवकहरू र स्थानीय बासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा क्षीण रहेको जनाइएको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ ।

यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?