गोरिल्लाको ६५ औँ जन्मदिन मनाइयो

लोकपथ
91
Shares

काठमाडौं । सामन्यतः प्राकृतिक अवस्थामा गोरिल्ला प्रजातिको औसत आयु ४० देखि ५० वर्षसम्मको हुने गर्छ । चिडियाखानामा राखिएका गोरिल्लाहरु औसत उमेरभन्दा बढी समय बाँच्छन् । पर्याप्त हेरचाह, खानेकुरा, नियमित स्वास्थ्य परीक्षण, रेखदेखले गर्दा उनीहरु प्राकृतिक अवस्थाका गोरिल्लाभन्दा बढी स्वस्थ्य हुन्छन् ।

जर्मनीको बर्लिनस्थित बर्लिन चिडियाखानामा राखिएको एउटा गोरिल्लाको उमेर ६५ वर्ष पुगेको छ । ‘फोटाउ’ नाम दिइएको यो गोरिल्लाको जन्मदिनको अवसर पारेर बर्लिन चिडियाखानाले विशेष केक बनाइदियो । उक्त केक दही,चामल,सब्जी, रास्पबेरिज र ब्लुबेरिजहरुबाट निर्मित रहेको बीबीसीले जनाएको छ ।

बर्लिन चिडियाघरमा एप्स प्रजाति हेर्दै आएकी क्रिस्टियन अस्टले भनिन्,’सामान्यतः प्राकृतिक अवस्थामा गोरिल्ला ४० वर्षसम्म बाँच्‍न सक्छन् । तर यो गोरिल्ला औसत उमेरभन्दा २० वर्ष धेरै बाँचेको हो । फोटाउ अहिलेसम्मकै धेरै उमेरसम्म बाँचेको गोरिल्ला हो । ‘

केमरुन ट्रोपिकल रेनफरेस्टमा पाइने यो प्रजातिको गोरिल्ला मध्य अफ्रिकन गणराज्य, ग्याबन र कंगोमा पाइन्छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?