पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

लोकपथ
140
Shares

दक्षिण एसियाली मुलुक पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । आइतबार संसदमा अविश्वास प्रस्तावमाथि भोटिङ हुँदा प्रस्तावको पक्षमा बहुमत पुगेसँगै उनी पदमुक्त भएका हुन् । पाकिस्तानको राष्ट्रिय सभामा १७४ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

अविश्वास प्रस्ताव पारित भएसँगै संसदलाई सम्बोधन गर्दै पीएमएल–एलका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानको संविधान र कानुन फेरि एकपटक स्थापित भएको बताए ।

यस्तै पाकिस्तानी पुपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिल एतिहासिक महत्वको दिन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?