भारत र जापानद्वारा म्यानमारलाई हिंसा अन्त्य गरी लोकतन्त्र फर्काउन आग्रह

लोकपथ
189
Shares

काठमाडौं । म्यानमारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भारत र जापानले म्यानमारभरि हिंसा तत्काल बन्द गरी लोकतन्त्रको बाटोमा फर्किन आह्वान गरेका छन्।

जापानका प्रधानमन्त्री किशिदा फुमियो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्यानमारमा आफ्नो अडान दोहोर्‍याएका छन्। शनिबार एक संयुक्त प्रेस विज्ञप्तिमा सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्नसमेत उनले आह्वान गरेका छन्।

‘उनीहरूले म्यानमारमा समाधान खोज्‍न आसियानको प्रयासमा आफ्नो समर्थन पुनस् पुष्टि गरे र गतिरोध तोड्न आसियानको अध्यक्षको रूपमा कम्बोडियाको सक्रिय संलग्नतालाई स्वागत गर्दछौं। म्यानमारलाई आसियानको पाँच(बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्न आह्वान गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।

दुवै प्रधानमन्त्रीले देशमा जारी राजनीतिक गतिरोधलाई नागरिक प्रतिनिधि र सैनिक शासकबीच भत्काउन दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को प्रयासलाई समर्थन जनाएका छन् ।

गत वर्ष आसियानको पाँच बुँदे सहमति भएको थियो र वार्ता, मानवीय सहायता र हिंसाको अन्त्यमा जोड दिइएको थियो। गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सैनिक विद्रोहपछि म्यानमारको सेनाले मुलुक नियन्त्रणमा लिएको थियो। सेनाले म्यानमारमा नियन्त्रण लिएर नागरिक विद्रोह भएको थियो। उक्त विद्रोहपछि सेनाले हस्तक्षेप गर्दा हजारौं सर्वसाधारणको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?