काठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै काठमाडौंको तार्केश्वर नगरपालिकास्थित तिनपिप्लेका स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको छ ।
विकासको नाममा विनाश र बाटो बनाउने काम अलपत्र पारेको भन्दै स्थानीयहरु आन्दोलनरत छन् । यसअघि पनि स्थानीयहरुले सडकखण्ड पिचको माग गर्दै १० दिन सडक बन्द गरेका थिए । तर निर्माण कम्पनीले त्यती बेला गरेको प्रतिबद्धता पूरा नगरेपछि स्थानीयहरुले फेरि सडक बन्द गरेका हुन् ।
स्थानीयहरु पासाङल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान भन्दै सडकमा उत्रिएका छन् ।
साथै उनीहरुले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सडक नबनाए कुनै पनि प्रतिनिधिहरुलाई भोट नदिने भनै आक्रोश जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया