रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहो¥याएका छन् । समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।
जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले उक्त मागले राष्ट्रपति भ्लादिमिर पुटिनको ढाड ‘पर्खालविरुद्ध’ भएको देखाएको बताए ।
“जी–सेभन राष्ट्रका ऊर्जा मन्त्रीहरू यो विद्यमान सम्झौताहरूको एकपक्षीय र स्पष्ट उल्लङ्घन हो भन्ने कुरामा सहमत भए,” हाबेकले भने । हाल जर्मनीले जी–सेभनको अध्यक्षता गरिरहेको छ ।
“रुबलमा भुक्तानी स्वीकार्य छैन र हामी सरोकारवाला कम्पनीहरूलाई पुटिनको मागको पालना नगर्न आह्वान गर्दछौँ ।”
पुटिनले गत हप्ता रूसले सबै युरोपेली सङ्घमा समावेश देशहरूलाई प्राकृतिक ग्यास वितरणका लागि रूबलमा भुक्तानी मात्र स्वीकार गर्ने घोषणा गरेका थिए ।
युक्रेनमा आफ्नो आक्रमणमाथि पश्चिमले लगाएको कमजोर प्रतिबन्धको बाबजुत मस्कोले आफ्नो अर्थतन्त्रलाई प्रभावित हुन नदिन सङ्घर्ष गरिरहेको बेला यो कदम चालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया