फनपार्कमा महिला र पुरुषलाई अलग-अलग दिन निर्धारण

लोकपथ
861
Shares

काबुल । तालिबानहरूले पुरुष र महिलाहरूलाई फनपार्कमा जान अलग-अलग दिन निर्धारण गरेका छन् । अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ ।

केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने वाचालाई उल्टाएको थियो । एउटा अनौठो कदममा तालिबानले अब काबुलको मनोरञ्जन पार्कहरूमा लैङ्गिक विभेद लागू गरेको छ ।

तालिबानको तालिबानको तथा दुव्र्यवहार रोकथाम मन्त्रालयले एक आदेश जारी गरेको छ कि काबुलका सबै सवारी र खेलहरू आइतबारदेखि मंगलबारसम्म महिला तथा केटीहरू र बुधबारदेखि शनिबारसम्म केटाहरू र पुरुषहरूका लागि खुला छन् ।

मनोरञ्जन पार्कहरूमा गरिने यस्तो विभेदले महिला र केटीहरूको अधिकारको बारेमा चिन्ता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?