चीन विमान दुर्घटना : शव संकलन र विमानको भग्नावशेष खोज्ने कार्य जारी

लोकपथ
2.2k
Shares

बेइजिङ । चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ ।

१३२ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो ।

छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ । सो विमान सोमबार दिउसो कुन्मिङ सहरबाट गुआन्झोउका लागि उडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?