१३२ यात्रु बोकेको चिनियाँ विमान दुर्घटना

लोकपथ
910
Shares

काठमाडौं । चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना भएको छ । १३२ यात्रु बोकेको विमान गुआङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् ।

विमानमा १२३ यात्रु र नौ चालक दलका सदस्य सवार थिए, चीनको नागरिक उड्डयन प्रशासन (सीएए) ले जनाएको छ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । बोइङ ७३७ ८०० विमान वुझाउको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ र विस्फोटले जंगलमा आगो लगाएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ । घटनाको थप विवरण आँउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?