१४ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई जना पक्राउ

लोकपथ
182
Shares

बैतडी । बैतडीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। आरोपित दुवैजना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?