थप १७ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
392
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ५ सय ४३ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ४ सय ९ जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ९५ रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?