सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत २९ लाख ठगी, संलग्न व्यक्ति पक्राउ

लोकपथ
403
Shares

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

ह्वाट्सएपमार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी उनले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गौतमलाई पक्राउ गरेको हो ।

उनीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?