इन्डोनेसियामा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प

लोकपथ
21
Shares

इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ । तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्रविन्दु पारेर ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ ।

भूकम्पको गहिराइ २१ किलोमिटर रहेको छ । भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए ।

‘भूकम्प एक मिनेटसम्म महसुस गरिएको थियो । मानिसहर त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत् न्यूनीकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ । भूकम्पपछि निरन्तर परकम्पहरु गइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

भूकम्पको केन्द्रविन्दु पश्चिमी सुमात्रा प्रान्तको ठूलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?