काठमाडौं । युक्रेन-रुस युद्धको बीचमा एक समय थियो जब सबै कुरा समाप्त भएको देखियो । विभिन्न देशबाट रोजगारी र अध्ययनको सिलसिलामा पुगेका मानिसहरुको ज्यान धरापमा पर्यो । धेरैले ज्यान गुमाए ।
विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई एयरलिफ्ट गरी आफ्ना नागरिकहरुको उद्धार गरेको छ । युद्धग्रस्त क्षेत्रबाट नागरिकहरुलाई एयरलिफ्ट गर्नु सामान्य कुरा भने पक्कै होइन । फ्लाइट राडारको थ्रीडी भ्यूमा हामी युक्रेनको आकाशको अवस्था देख्न सक्छौं । कुनै पनि विमानहरु युक्रेनको आकाश र वरपरको क्षेत्रबाट चलेका छैनन् । किन भने रुसले युक्रेनमा जुनसुकै बेलापनि हमला गर्ने गरेको छ ।
यो विशेष अपरेशन गर्न साहसी पाइलटहरुको पनि ठूलो योगदान रहेको छ । ती मध्ये एक पाइलट हुन भारतकी महाश्वेता चक्रवर्ती । २४ वर्षीया महाश्वेताले साहस, लगन र समझदारीका साथ युद्धग्रस्त क्षेत्रमा विमान अवतरण मात्र गरिनन्, त्यहाँबाट उनले ८०० जनाको ज्यान बचाउन पनि सफल भइन् । महश्वेताले पोल्याण्ड-हंगेरी सीमाबाट ८०० भारतीयलाई सकुशल घर फर्काएकी थिइन् ।
महाश्वेता कोलकाताकी बासिन्दा हुन् । भारतीय जनता पार्टीले उनको साहसी कामको प्रशंसा गरेको छ । भारतीय जनता पार्टीले ट्वीट गर्दै महाश्वेताको प्रशंसा गरेको छ । यस ट्वीटमा कोलकाताकी २४ वर्षीय पाइलट महाश्वेता चक्रवर्तीले पोल्याण्ड–हंगेरी सीमाबाट ८०० भन्दा बढी भारतीयको उद्धार गरेको बताइएको छ ।
२४ वर्षीया महाश्वेता चक्रवर्ती कोलकाताकी बासिन्दा हुन् । भाजपा महिला मोर्चाकी छोरी हुन् । उनी तनुजा चक्रवर्तीकी छोरी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया