राजधानी किभ नजिकै पुग्यो रुसी सेना

लोकपथ
217
Shares

काठमाडौं । रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका छन् ।

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ । दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ ।

युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?