बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती बसले कारलाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा शुक्ररबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई शुक्रबार राति साढे ९ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?