काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए । उनले पीडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्रम घोषणा गर्नु पर्ने माग राखे ।
अध्यक्ष दङगोलले अहिले सरकारका किसानको लागि मल ल्याउने निकाय विगत लामो समयदेखि निक्मा भएर बसेको बताए । किसानहरुले मल अभावको समस्या नियति नभएर सरकार निक्माको परकाष्ठ भएको दाबी गरे ।
महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पिडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरेका छन् । त
त्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बीउबिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी किसानहरुले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया