किन बाह्र पटक ‘रिजेक्ट’ भएको थियो ह्यारी पोटर ?

प्रेरणा तिमल्सिना । संसारको बेस्ट सेलर उपन्यासमध्ये एक हो – ह्यारी पोटर

यही उपन्यासमा आधारित फिल्मका सिरिज पनि निर्माण भए र ती सबै लोकप्रिय बने । फिल्ममा ह्यारी पोटरको भूमिका निभाएका डेनियल ज्याकब रेडक्लिफलाई धेरैले वास्तविक नामभन्दा बढी ह्यारी पोटरकै रुपमा चिन्छन् ।

अरु फिल्म खेलेपनि दर्शकमाझ उनी ह्यारी पोटर कै नामले लोकप्रिय छन् ।

यही उपन्यासबाट लेखिका जेके रोलिङ अहिले सर्वाधिक धनीमध्येमै गनिने लेखिका बनेकी छिन् ।

फिल्मसमेत बनेको उपन्यास ‘ह्यारी पोटर लाई भने प्रकाशकले बाह्र पटक रिजेक्ट गरिदिएका थिए ।

बालबालिकामाझ निकै लोकप्रिय जादुमयी कथा ह्यारी पोटरकी लेखिकाको अवस्था कुनै बेला यस्तो थियो कि, उनले आफ्नो गरिबी र असफलताबाट हार खाएर आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।

‘हामी सधै सफलताका बारेमा कुरा गर्छौं, तर हार त्योभन्दा कैयन् गुणा महत्त्वपूर्ण छ’, रोलिङको भनाइ छ, ‘हारसँग लड्ने क्षमता र हामीले हारलाई सदुपयोग गर्ने तरिकाले जित निर्धारण गर्दछ ।’

तर, ‘ह्यारी पोटर’ ले उनलाई खर्बपति बनाइदियो ।

‘हामी सधै सफलताका बारेमा कुरा गर्छौं, तर हार त्योभन्दा कैयन् गुणा महत्त्वपूर्ण छ’, रोलिङको भनाइ छ, ‘हारसँग लड्ने क्षमता र हामीले हारलाई सदुपयोग गर्ने तरिकाले जित निर्धारण गर्दछ ।’

अहिले उनी कोशिश गर्नेहरुको  कहिल्यै हार हुँदैन भन्ने उदाहरणको पर्याय बनेकी छिन् ।

* * *

उनी बेलायतमा जन्मेकी थिइन् । उनको आर्थिक स्थिति कमजोर त थिएन तर आमा–बाको सम्बन्ध खासै राम्रो थिएन । जसका कारण उनलाई आफ्नो बाल्यकाल निकै कष्टदायी लाग्थ्यो ।

उनी प्राय समय एक्लै बस्न रुचाउँथिन् । कथा पढ्न र लेख्न भनेपनि निकै रमाइलो लाग्थ्यो उनलाई ।

बाबुसँग नजिक नभएपनि आमासँग भने उनी साथीजस्तै थिइन् । तर, सानैमा आमा गुमाउनु परेपछि रोलिङलाई झन् ठूलो असर प–यो ।

आफ्नै जीवनको एउटा प्रभावलाई उनले ह्यारी पोटरमा राखेकी छिन् । उनको उपन्यासमा पनि ह्यारी पोटरका परिवारको सानैमा मृत्यु हुन्छ ।

ह्यारीको जन्म

तर, जीवन सधै एकनासको हुने कुरै भएन । समय चलिरहेको थियो ।

समयसँगै एकदिन उनी ट्रेनमा यात्रारत थिइन् । चार घण्टा लामो त्यो यात्रामा उनको दिमागमा ह्यारी पोटरको कथा फु–यो ।

एउटा रहस्यमयी कथा, जुन कथामा तीन पात्र थिए – ह्यारी पोटर, हर्माइनी र रोन ।

ट्रेनको यात्रामा फुरेको त्यही कथालाई कापीमा उतारिन्, एउटा असामान्य कथा तयार पारिन् ।

आमाको मृत्युपछि उनी पोर्चुगल बसाइ सरिसकेकी थिइन् । प्रेमी जर्जसँग बिहे गरेर सामान्य जीवन बिताउन थालिसकेकी थिइन् उनले ।
तर, सम्बन्ध लामो समय टिक्न सकेन । 

उनीहरुले सम्बन्धविच्छेद गरे । रोलिङ आफ्नी चार महिनाकी छोरी र ह्यारी पोटरको तीन अध्याय बोकेर  बेलायत फर्किन् ।

‘हामी सधै सफलताका बारेमा कुरा गर्छौं, तर हार त्योभन्दा कैयन् गुणा महत्त्वपूर्ण छ’, रोलिङको भनाइ छ, ‘हारसँग लड्ने क्षमता र हामीले हारलाई सदुपयोग गर्ने तरिकाले जित निर्धारण गर्दछ ।’

किनकि उनलाई आफ्नो उपन्यास पूरा गर्नु थियो ।

सन् १९९० मा थालेको उपन्यास झण्डै पाँच वर्ष लगाएर लेखिन् । प्रकाशकलाई छाप्न अनुरोध गरिन् । पाण्डुलिपि हेर्नासाथ प्रकाशकले रिजेक्ट गरिदिए ।

उनलाई विश्वास थियो, यो उपन्यास राम्रो छ ।

लगातार १२ प्रकाशकले उनको उपन्यास रिजेक्ट गरिदिए ।
उनको मनोबल खस्कियो । त्यतिबेला उनले सोचिन्, ‘अब आत्महत्या गर्छु ।’

तर केही दिनमै उनको भाग्यको ढोका ढकढक ग–यो । किनकि, ब्लुम्सबरी प्रकाशनले उनको उपन्यास २५ सय डलरमा किन्यो ।

किन किन्यो ब्लुम्सबरीले?

उक्त प्रकाशकका मालिकले ह्यारी पोटरको पहिलो अध्याय आफ्नी छोरीलाई पढ्न दिएका थिए ।

पढिसकेपछि उनकी छोरीले उत्सुक हुँदै थप अध्याय पढ्न मागिन् । बालबालिकाले यो पुस्तक मनपराउँछन् भनेर केही हदसम्म ढुक्क भए प्रकाशक ।

साथै प्रकाशकले रोलिङलाई बाल उपन्यास लेखेर गुजारा नचल्ने भन्दै अर्कै जागिर खोज्न पनि सुझाए ।

उपन्यास प्रकाशित भयो ।

प्रकाशन भएको केही समयमा नै पुस्तकले सर्वव्यापक लोकप्रियता हाँसिल ग–यो । पछि अमेरिकामा यो उपन्यास कसले प्रकाशन गर्ने भनेर लिलामी नै भयो ।

रोलिङको कमजोर मनोबल बलियो बन्न थाल्यो ।

उनको ह्यारी पोटर संस्करणले दर्जनौँ पुरस्कार प्राप्त ग–यो साथै विभिन्न रेकर्ड ब्रेक ग–यो ।  ह्यारी पोटरको अन्तिम संस्करण अहिलेसम्मकै सर्वाधिक छिटो व्यापार भएको पुस्तक हो। सार्वजनिक भएको पहिलो दिनमै यसको १ करोड १० लाख प्रति बिक्री भएको थियो ।

रोलिङले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘पुस्तक छाप्न लिलामी भयो भन्ने सुनेपछि म झण्डै बेहोस भइन ।’

उनको ह्यारी पोटर संस्करणले दर्जनौँ पुरस्कार प्राप्त ग–यो साथै विभिन्न रेकर्ड ब्रेक ग–यो । 

ह्यारी पोटरको अन्तिम संस्करण अहिलेसम्मकै सर्वाधिक छिटो व्यापार भएको पुस्तक हो। सार्वजनिक भएको पहिलो दिनमै यसको १ करोड १० लाख प्रति बिक्री भएको थियो ।

अहिलेकी खर्बपति लेखिकालाई कुनै बेला सरकारले दिने बेरोजगारी भत्ताले काम चाउनुपर्ने अवस्था थियो । अहिले उनी दोस्रो बिहे गरेर तीन बच्चाकी आमा बनेकी छिन् ।

भलै उनलाई पाठकले नचिनून्, तर उनले जन्माएका पात्र र उनको उपन्यास पाठकमाझ लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?