पूर्वइन्टेलिजेन्स ब्युरो अफिसरमाथि १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप

लोकपथ
702
Shares

काठमाडौं । भरतको राजधानी दिल्लीमा एउटा लज्जास्पद घटना बाहिर आएको छ । दिल्लीमा एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा ६० वर्षीय अधिकृतविरुद्ध मुद्दा दर्ता भएको छ । घटनाको अनुसन्धानमा प्रहरी जुटेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एक ६० वर्षीय पूर्व इन्टेलिजेन्स ब्युरो अफिसरमाथि १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । उनी फरार छन् । दिल्लीको करोल बाग पुलिस स्टेसनमा पोक्सो ऐन र अन्य धाराहरूअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

आरोपितले नाबालिगलाई होटलमा लगेर बलात्कार गरेको बताइएको छ । पीडित युवतीलाई उनका बुबाले अभियुक्तसँग जागिर खान छाडेका थिए । प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?