कार्यविधि संशोधनपछि कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु

लोकपथ
169
Shares

जाजरकोट । कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका-७ मा ४० घर, बारेकोट गाउँपालिका-४ ,५ मा ६० घर निर्माण हुन लागेका हुन् ।

कालिकोट नरहरिनाथ-४ डाँडासुन्दरखामा ८० घर, रास्कोट गाउँपालिका-७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका-२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रम अन्तर्गत १८ घर, खत्याड-८ मै एकीकृत बस्ती अन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।

हुम्लाको चंखेली गाउँपालिका-६ मा रातीपुरमा बस्ती विकास योजना अन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका-१,२,३,४ र ५ एकिकृत बस्ती विकास कार्यक्रम अन्तर्गत ८३ घर निर्माण कार्य जारी छ । आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भइ घर निर्माणको चरणमा गएको हो ।

अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको भन्दै द्रोस्रो पटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको हो ।

एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरसमेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो ।

अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी बताए । तत्कालीन अर्थ समितिका सभापति समेत रहेको मन्त्री सिंहले अब घर निर्माणको काम तीव्र गतिले अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?