काठमाडौं । ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्मा रहेका छन् । प्रहरीका अनुसार उनीहरुको बिहान घरभित्रै मृत भेटिएका थिए । भने २ दिनको नाबालकको भने उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै अर्का २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धानका लागि डिएसपीसहितको टोली घटनास्थल पुगेको छ ।
आइतबार राति खाना खाएर सुतेका उनीहरुमध्ये केही घाइते र केही मृत अवस्थामा फेला परेका थिए । कोञ्ज्योसोम -४ का वडाध्यक्ष तिर्थ घलानले सोमबार बिहान त्यसबारेमा प्रहरीलाई जानकारी दिएका थिए । त्यसपश्चात इप्रका कोञ्ज्योसोमबाट प्रहरी निरीक्षकसहितको टोली र चापागाउँ वृत्तबाट प्रहरी नायव उपरीक्षकसहितको टोली र महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीसहित डाक्टर समेत त्यहाँ पुगेका थिए ।
घटनास्थलमा कोइला बालेर सुतेको र केही व्यक्तिले बान्ता गरेको समेत देखिएको प्रहरीले जनाएको छ । घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया