काठमाडौं । भारतीय विदेश सचिव हर्ष वर्धन श्रृङ्गलाले बिहीबार आफ्नो बंगलादेशी समकक्षी मासुद बिन मोमेनसँग भेटघाट गरेका छन् ।
भेटको क्रममा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने तरिकाहरूबारे छलफल भएको बताइएको छ ।
‘विदेश सचिव @harshvshringlaले बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनलाई स्वागत गर्नुभयो। एक फलदायी भेटमा, दुबै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने तरिकाहरूबारे छलफल गरेका छन्,’ विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटमार्फत भनेका छन् ।
भारतीय विदेश सचिवले बंगलादेशको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा श्रृङ्गलाले आर्थिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई सहज बनाउन सीमाको प्रभावकारी व्यवस्थापन महत्वपूर्ण भएको बताए।
‘गैरकानूनी गतिविधिलाई नियन्त्रणमा राख्दै सामान र मानिसको सहज आवतजावत सुनिश्चित गर्न सीमा पूर्वाधार सुदृढ गर्न हामीले नजिकबाट काम गर्नुपर्छ। यस दृष्टिकोणको अनुसार थप सीमा हाटहरू स्थापना गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने।
पछिल्लो समय दुईतर्फी व्यापारमा बंगलादेशबाट पहिलो पटक निर्यात बढेको र यो वर्ष दुई अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको श्रृङ्गलाले बताए।
‘व्यापारमा यो गति बढाउनको लागि विस्तृत आर्थिक सहयोग सम्झौताको प्रारम्भिक निष्कर्ष महत्त्वपूर्ण छ,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया