काठमाडौं । युद्ध मानवताको लागि निकै खतरनाक हुन्छ । त्यसैले शान्ति मानव जीवनको चाहना हो। रुस र युक्रेनबीचको युद्धले संसारको ध्यान खिचेको छ ।
रुसले युक्रेनमा आक्रमण गरेको छ । आक्रमणमा लाखौं मानिस विस्थापित भएका छन् भने हजारौँको संख्यामा मानिसहरुको मृत्यु भएको छ ।
रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो ।
रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।
हेर्नुहोस् रुस युक्रेनबीचको युद्धका तस्बिर :




तस्बिर : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया