बाँके । बाँकेमा ५ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् ।
बाँकेको बैजनाथ गाउँपालिका-२ गर्जेटोल बस्ने भक्त बहादुर रानाकी छोरी ५ वर्षीया सपना राना सोही ठाउँस्थित मान खोलामा शनिबार राति मृत अवस्थामा फेला परेकी हुन् ।
दिउँसोदेखि घरबाट हराएकी उनको खोजी गर्नेक्रममा उक्त खोलामा डुबेको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय वनकटुवा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया