जर्मनीबाट चीनका लागि निर्यात जनवरीमा १३.७ प्रतिशतले वृद्धि

लोकपथ
63
Shares

जर्मनीको चीन तर्फको निर्यात १३.७ प्रतिशतले बढेर जनवरीमा ९.७ अर्ब अमेरिकी डलर पुगेको संघीय तथ्याङ्क कार्यालयले शुक्रबार प्रकाशित एक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार जनवरीमा १३.१ बिलियन यूरो मूल्यका आयातित सामानहरू सहित चीन जर्मनीको सबैभन्दा ठूलो विदेशी व्यापार साझेदार बनेको छ । यससँगै जर्मनीबाट चीनका लागि भएको निर्यात १३.७ प्रतिशतले वृद्धि भएको हो ।

कार्यालयका अनुसार जर्मनीको कुल निर्यात २.८ प्रतिशतले घटेर जनवरीमा ११६.९ अर्ब यूरो पुगेको छ भने आयात अघिल्लो महिनाको तुलनामा ४.२ प्रतिशतले घटेर १०७.५ अर्ब युरो बराबर कायम भएको छ ।

जर्मन निर्यातका लागि संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो ग्राहक बजार बनेको छ । जनवरीमा १०.९ अर्ब यूरो मूल्यका सामानहरू अमेरिका पैठारी गरिएको थियो । यो गत महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि हो ।

युक्रेन द्वन्द्वका कारण अहिलेसम्म नरोकिएको रुसमा जर्मन निर्यात सन् २०२१ को डिसेम्बरदेखि १४.४ प्रतिशतले बढेर २.६ अर्ब युरो बराबर पुगेको छ ।

युरोपियन युनियन (इयु) बाट अन्य मुलुकले जनवरीमा ६१.४ अर्ब मूल्य बराबरको जर्मन सामान आयात गरेका थिए । यो अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?