युक्रेनका चर्चित खेलाडी पनि रुसविरुद्धको लडाइँमा सहभागी

लोकपथ
0
Shares

युक्रेनका चर्चित खेलाडीहरू रुसविरुद्धको लडाइँमा सक्रिय सहभागी भएका छन् ।

विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुसविरुद्धको लडाइँमा सहभागी भएका हुन् ।

बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइँमा उत्रिन तयार रहेको बताए ।

‘मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु’, उनले भने ।

अर्का पुराना खेलाडी ५० वर्षीया वलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?