काठमाडौँ — पशुपति आर्यघाट नजिकको वाग्मती पुलको दक्षिणतर्फको पुलको उत्तरतिरको पर्खाल भत्किँदा एक युवा नदीमा खसेर घाइते भएका छन् ।
महाशिवरात्रि पर्वमा भेला भएका भक्तजनबीचको ठेलमठेल तथा अत्याधिक चापका कारण पुलको पर्खाल भत्किँदा युवक नदीमा खसेका हुन् ।
घाइते युवालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको प्रहरीले जानकारी दिएको छ ।
@lokpath.com पशुपति आर्यघाटमा पुल भत्किँदा #shivaratri #pashupati
(तस्विर तथा भिडियो सौजन्य : ऋतु श्रेष्ठ)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया