बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
117
Shares

बझाङ । बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जय बहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्क बहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको छ ।

शनिबार साँझ ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट बिजगाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?